सुन चाँदीको मूल्यमा सामान्य गिरावट

डिसी नेपाल
५ जेठ २०७८ १२:४३
24
Shares

काठमाडौं। साताको चौथो दिन बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन तोलामा एक सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि साताको तीन दिन सुन लगातार बढेको थियो। हिजो मंगलबार सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको थियो।

यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम छ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ७० रुपैयाँमा कारोबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.