स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका केसी विजयी

डिसी नेपाल
५ जेठ २०७८ १९:२२
136
Shares

काठमाडौं। स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको बुधबार भएको फाइनलमा ट्याक्सीमाण्डु सर्भिस प्रालिका अर्जुन केसी विजयी भएका छन्। यो प्रतिस्पर्धामा बिभिन्न कम्पनीका १० उत्कृष्ट स्टार्टअपहरुले भाग लिएका थिए। विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो। विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ। नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो।

स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भएका थिए। विजयी ट्याक्सीमाण्डुका अर्जुन केसीले आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिस्र्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.