एकै दिन ६ पटक लमजुङ केन्द्रविन्दु बनाएर भूकम्पको झड्का

डिसी नेपाल
५ जेठ २०७८ २३:०८
1.6k
Shares

काठमाडौं। बुधबार नेपालमा पटक पटक भूकम्पको झड्का महशुस गरिएको छ। पहिलो भूकम्प बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको गएको थियो। भूकम्प मापन केन्द्रका अनुसार दोस्रो झड्का बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युडको ८ बजेर १७ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्पको झड्का गएको थियो।

यसपछि बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३ बजेर ८ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यस्तै १० बजेर ३९ मिनेटमा ४.५  म्याग्निच्युडको भूकम्प गएको छ। अन्य भूकम्पले कुनै क्षति पुर्याए पनि विहान शुरुको ५.८ म्याग्निच्युडको भूकम्पले लमजुङमा क्षति गरेको थियो।

राष्ट्रिय समाचार समितिका अनुसार लमजुङमा २०० घरमा क्षति पुगेको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर भूकम्पले घर भत्किदा जिल्लाका ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका ­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका­ ६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका­ ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन्। घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन्। टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताए।

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए। उनले भने, ‘जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ। सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ।’ मस्र्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *