‘फ्लाइट कहिले खोल्ने भन्ने कुरा कोरोना संक्रमणदरमा भर पर्छ’

उपेन्द्र शाही
८ जेठ २०७८ १२:०९
152
Shares

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको अवस्थामा जनजीवन अस्तव्यस्त बनlरहेको छ। भाइरसको चेन तोड्नका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

सोही कारण उद्योग धन्दा, कलकारखाना, व्यपार व्यवसाय, सार्वजनिक यातायात ठप्प छन्। यस्तो अवस्थामा उड्यन क्षेत्र पनि अछुतो रहने कुरै भएन। सरकारले वैशाख २१ गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा अनिश्चितकालका लागि रोक लगाउने निर्णय गरेको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकोले अझै कतिसम्म उडान प्रभावित हुने हो भन्न सकिने अवस्था छैन। तर, आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टर उडान, कोभिड विरामीका लागि र स्वास्थ्य सामग्री ओसार पसार गर्न हाल छिटफुट मात्रामा उडान भइरहेका छन्।

विदेशमा अलपत्र परेका नागरिक, विदेश जान चाहने विद्यार्थी, श्रमिक, लगाएत नेपालमा रोकिएका विदेशी नागरिक यतिखेर फ्लाइट कहिले खुल्ला भन्ने चिन्तामा छन्।

कोरोनाको दोस्रो लहरले नेपालको उड्यन क्षेत्रमा पारेको प्रभाव, त्रिभुवन विमानस्थलको अवस्था लगाएत कहिले खुल्ला त फ्लाइट यिनै विषयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यलयका महाप्रबन्धक प्रतापबाबु तिवारीसँग गरिएको कुराकानीको सम्पादित अशं :

कोरोना भाइरसको दोस्रो लहर सुरु हुनु भन्दा पहिले हामी प्रि-कोभिडको स्टेजमा पुगि सकेका थियौँ। अन्तर्राष्ट्रिय उडानमा पनि हामी पहिलेको तुलनामा करिव ३५ प्रतिशत पुरानै अवस्थामा फर्किसकेका थियौँ। सोही अनुसार हाम्रो उडानहरु भइरहेको थियो।

तर, पछिल्लो समय देखिएको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिएपछि निषेधाज्ञा जारी भयो। त्यसपछिको उडान एकदमै थोरै संख्यामा भइरहेको छ। अहिले माउन्टेनरिङमा गएका टोलीहरुलाई लिनका लागि, कोभिड प्यासेन्जरलाई लिन जानको लागि र अन्य रेस्क्यू फ्लाइटहरुको लागि चाँही करिब १५ प्रतिशत आन्तरिक उडान चलिरहेको छ।

यस्तै अन्तर्राष्ट्रियमा २५ प्रतिशत फ्लाईट चलिरहेको अवस्था छ। तर, प्यासेन्जर आवतजावत भनेको जुन आयस्रोत हुने यात्रुहरु हुन्छ, त्यसको संख्या चाँही एकदमै कम छ। अहिलेको अवस्थामा करिब ९८ प्रतिशत त्यस्तो यात्रुको संख्या घटेको छ।

निषेधाज्ञा अघिसम्म विमानस्थल कार्यलयको आयस्रोत सन् २०१९ को तुलनामा ७० प्रतिशत घटेको थियो। र अहिले फेरि निषेधाज्ञको तुलना गर्दाखेरी अर्थात निषेधाज्ञा अघि र पछिको तुलना गर्दाखेरी चाँही करिब ९० प्रतिशत आयस्रोत घटेको अवस्था छ। यसको अर्थ अहिले विमानस्थल कार्यलयको आयस्रोत करिब १० प्रतिशत मात्रै छ।

हाल रेस्क्यू फ्लाईटले गर्दाखेरी एक दुइ उडान बाहेक सबै जहाज पार्किङमा छन। निषेधाज्ञा अघि फर्केर हेर्दाखेरी आन्तरिक तर्फमात्रै हामीले एकै दिनमा १५ हजार यात्रु ओसार पसार गरेको अवस्था थियो। अहिलेको निषेधाज्ञाले सबै जहाजहरु ग्राउण्डमा छन्।

निषेधाज्ञा अघिसम्म विमानस्थल कार्यलयको आयस्रोत सन् २०१९ को तुलनामा ७० प्रतिशत घटेको थियो। र अहिले फेरि निषेधाज्ञको तुलना गर्दाखेरी अर्थात निषेधाज्ञा अघि र पछिको तुलना गर्दाखेरी चाँही करिब ९० प्रतिशत आयस्रोत घटेको अवस्था छ। यसको अर्थ अहिले विमानस्थल कार्यलयको आयस्रोत करिब १० प्रतिशत मात्रै छ।

यो समय हिमाल ओरोहणको लागि उपयुक्त समय हो। स्वास्थ्य सुरक्षा सावधानीका उपाय अपनाएर विषेशगरी सगरमाथा आरोहणका लागि केही मात्रामा फ्लाइटहरु चलिरहेको छ। अन्य बाहिरबाट अफ्ठेरोमा परेका र कोभिड विरामी यात्रुहरु ल्याउने प्रायोजनका लागि थोरै संख्यामा उडान भइरहेका छन्।

कोभिडको सुरक्षाका लागि हामीले अपनाएका उपाय भनेको नेपाल सरकारले अपनाएको स्वास्थ्य सम्बन्धी मापदण्ड नै हो। सेनिटेजाइसन, माक्स, सामाजिक दूरी कायम गर्ने कुरा हामी आफैले पालना गरिरहेका छौँ र अरुलाई गर्ने व्यवस्था मिलाएका छौँ। त्यस्तै विभिन्न एयरलाइन्सले पनि जहाजमा चढ्ने यात्रुहरुको लागि त्यी सबै व्यवस्थाहरु गरीरहेका छन्।

यो निषेधाज्ञालाई सबैले पालना गर्नुपछ। संक्रमण घटाएर हामी सबै सुरक्षित हुनु अहिलेको प्रमुख आबश्यक्ता हो। अब संक्रमण घट्दै गयो भने उडान पनि त्यही अनुरुप बढ्दै जाने हो।

विभिन्न एयरलाइन्सहरुको पनि आफ्नो आयस्रोत घटेको अवस्था छ। अन्य व्यवसायीहरुको पनि व्यवसाय बन्द अवस्थामा छ। उहाँहरुले पनि बुझ्नु पर्छ कि  यो व्यवसायका लागि प्रतिकुल समय हो।

देशकै एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिइने सेवाको गुणस्तर र आम जनताको चासो, गुनासो र समस्या सम्बोधन गर्दै हामी अगाडि बढ्ने प्रयत्न गरीरहेका छौँ।

अहिले हाम्रो सामु यहाँको सेवा सुविधालाई निरन्तरता दिनु पर्ने, सुरक्षा प्रबन्ध यथावत राख्ने लगाएत यात्रुहरुलाई सेवा सुविधा दिने चुनौति छ। यसका लागि भए पनि हामीलाई केही आयस्रोत चाहिन्छ। आयस्रोत ह्वात्तै घटेकोले हामी पनि सञ्चालनका लागि समस्यामा छौँ।

अहिले हाम्रो पूर्वाधार विकास र विस्तारको कामहरु जारी छ। अहिले तत्काल हामीले यात्रुहरुको भिडभाड नभएकोले क्षमता विस्तारको काम गर्ने योजना बनाएका छौँ। विशेषगरी टर्मिनलको क्षमता र पार्किङको क्षमता त्यसलाई लक्षित कामहरु गर्ने छौँ।

यो काम हामीले अहिले गर्न सकेको खण्डमा भोली सामान्य अवस्थामा फर्किदा यात्रुहरुको आवागमन सहज हुन्छ। त्यसैअनुसार थप सुविधा दिन सक्छौँ। आम नागरिकको पीर मर्कालाई मध्येनजर गरी थप उडान संख्या बढाउने कुरा सम्बोधन गर्नेगरी अघि बढीरहेका छौँ।

अहिले निषेधाज्ञाका कारण नेपालमा रहेका विदेशी यात्रुहरु त्यस्तै महामारीका कारण विदेशबाट नेपाल फर्किन चाहाने नेपालीहरु पनि छन। उनीहरुका लागि उडान गर्नु पर्ने आवश्यक्ता त छ तर, खोल्ने नखोल्ने कति संख्यामा उडान खोल्ने, भन्ने कुरा भाइरस संक्रमणदरमा भर पर्छ।

त्यसैले हामी सबैले भाइरसको संक्रमण रोकथामका लागि आ आफ्नो ठाउँबाट भाइरसविरुद्धको लडाईमा लाग्नु पर्छ। यसको लागि आफ्नो सुरक्षा सावधानी अपनाएर सबै सुरक्षित बस्नु अहिलेको प्रमुख आवश्यक्ता हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.