कंकालीबाट देखिएकाे राजधानीकाे दृष्य (फाेटाेफिचर)

तर्कबहादुर थापा
९ जेठ २०७८ ७:५५

काठमाडौं । कलंकीबाट ९.२ किलोमिटर उत्तर लागेपछि पुगिन्छ कालु पाण्डे समाधिस्थल । चन्द्रागीरी नगरपालिकाको वडा नं. १ मा पर्ने उक्त स्थान काठमाडौंलाई उपत्यका बनाउन सहयोग गर्ने एउटा डाँडा हो। कलंकीबाट नयाँ नैकाप, पुरानो नैकाप हुँदै उपत्यकालाई हेर्दै हेर्दै पुगिन्छ त्यहाँ ।

त्यहाँ पुग्नु पहिला कंकाली पुगिन्छ। कंकालीबाट पनि काठमाडौं उपत्यकालाई राम्रैसँग निहाल्न सकिन्छ। स्वीजरल्याण्ड पार्क हुँदै कालुपाण्डेको समाधि स्थल पुग्ने जो कोहीले कंकालीमा उभिएर उपत्यका तर्फ फर्कदै आहा…को आवाज निकाल्छन्।

दहचोक वा कालु पाण्डेको समाधिस्थलबाट काठमाडौं उपयत्काको केही भाग र धादिङ, नुवाकोट र गोर्खाका केही भाग देख्न पाइन्छ। गोर्खामा भएको मनकामनाको मन्दिरमा पूजाआजा गर्न जान नपाउनेका लागि दहचोकमा पनि मनकामनाको मन्दिर निर्माण गरिएको छ। मनकामनालाई सम्मुख पारेर बनाइएको उक्त मन्दिरमा पूजाजा आजा गरेपछि गोरखाकी मनकामना खुसिहुने स्थानीयको बुझाइ छ।

कोरोनाले आक्रान्त बनाएका बेला उक्त रमणीय ठाउँमा पर्यटकहरु गएको पाइदैन। चन्दागीरी नगरपालिका शील गरेपछि प्रहरी प्रशासनले पनि त्यहाँ सजिलै पुग्न दिएको भने छैन। लामो सोधखोज भएपछि जान दिए।

प्रहरीका अनुसार पत्रकारको कार्ड भिरेर जानेहरु धेरैले अनैतिक काम गरेको, रक्सी खाएर प्रहरीलाई देखाउँदै, थर्काउदै फर्केको गरिरहेका छन्। ‘हेर्दा प्रेस लेखेको हुन्छ।’ डिउटीमा खटिएका एक प्रहरीले भने, ‘हामी जान दिन्छौं, फर्किदा त हामीलाई नै थर्काउँदै, वियका बोतल हातमा समाएर हल्ला गर्दै फर्कन्छन्। त्यो भएर पनि अहिले अलि बढी खोजीनीति गरेको हो।’

चन्द्रागीरीमा हालसम्म ३ हजार ८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४० जनाले ज्यान गुमाएका छन् भने, २ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन्। मातातिर्थ र थानकोटमा बनाइएको आइसोलेसन सेन्टर र होम आइसोलेसनमा गरी जम्मा १ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म संक्रमित भएका मध्ये २ हजार १ सय ५६ जना पुरुष र १ हजार ६ सय ५३ जना महिला रहेको नगरपालिकाले जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *