आयोडिनयुक्त नुन मुगुको सदरमुकाममा ढुवानी (फोटो फिचर)
मुगु। मुगुको सदरमुकाम गमगढीमा आयोडिनयुक्त नुन गोदाममा भण्डारण गरिँदै छ । स्थलमार्ग हुँदै जिल्लामा ल्याइएको नुन मजदुरहरूले गोदाममा भण्डारण गर्ने गरेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गमगढीस्थित गोदाममा नुन भण्डारण गरी जिल्लाका विभिन्न स्थानमा बिक्री तथा वितरण गर्दै आएको छ । मुगुका सबै स्थानीय तहमा यही गोदामबाट नुन ढुवानी हुने गरेको जनाइएको छ ।
सरकारले अनुदान उपलब्ध गराउँदै आएको नुन मुगुमा प्रतिकेजी रु ९ मा बिक्री हुने गरेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा नुन उपलब्ध गराउने उद्देश्यले सरकारी अनुदानमा नुन बिक्री तथा वितरण हुँदै आएको हो ।
स्थलमार्गबाट गमगढीसम्म ल्याइएको नुनलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकता र मागअनुसार जिल्लाका विभिन्न पालिकामा पठाउने गरिएको छ । यसबाट मुगुका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत आयोडिनयुक्त नुनको आपूर्ति सहज हुने गरेको छ ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment