दावा याङ्जुम शेर्पा र फुरा ग्याल्जेन शेर्पाले चढे माउन्ट ल्होत्से
काठमाडौं। दावा याङ्जुम शेर्पा र फुरा ग्याल्जेन शेर्पाले सफलतापूर्वक माउन्ट ल्होत्से आरोहण गरेका छन्। उनीहरुले आइतबार बिहान साढे ७ बजे ल्होत्से (८५१६ मिटर अग्लो)को आरोहण गरेका हुन्।
यसअघि पनि दावा याङ्जुम शेर्पाले अप्रिल १६ मा माउन्ट अन्नपूर्ण अक्सिजनविना सफलतापूर्वक आरोहण गरेको इमेजिन नेपालले फोटोसहित सार्वजनिक गरेको थियो। उनी अक्सिजनबिना अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपालको पहिलो महिला पनि हुन्।
त्यसैगरी, दावा याङ्जुम र फुरा ग्याल्जेन बाहेक पेमा डोमा शेर्पाले २००७, निमा जंगमु शेर्पाले २०१८, पासाङ्ग लम्मु शेर्पाले २०२१, दावा याङ्जुम शेर्पाले २०२१ गरी चार महिलाले मात्र अहिलेसम्म माउन्ट ल्होत्सेआरोहण गरेका छन् ।
फुरा ग्याल्जेन शेर्पाले १०औं ८ हजार मिटर अग्ला हिमालहरु चढिसकेकी छन्। उनले अहिलेसम्म सगरमाथा (८८४८.८६मी), कंचनजंगा (८५८६मी), ल्होत्से (८५१६मी), चो ओयू (८२०१मी), मकालु (८४६३मी), मानसलु (८१६३मी), नल्बलन्गा पर्वत (८१४७मी), अन्नपूर्ण (८०९१मी), ब्राण्ड पीक (८०४७मी) र यालुगलन खाङ् (८५०५ मी) चढिसकेका छन्।
आइतबार ल्होत्से चढेका शेपाद्वयसँगै तीन भारतीय गरी ७ आरोहीले सफल आरोहण गरेका हुन्।







डिसी नेपाल







Facebook Comment