नेप्से पहिलो पटक २८ सय विन्दुमाथी, ११ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तीमान कायम गरेको छ। आइतबार नेप्से ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० अंकमा बन्द भएको छ।
संसद विघटन भएपछि बजार घट्ने आकलनका विपरीत आइतबार सेयर बजार दोहोरो अंकले बढ्यो। कारोबारोको सुरुवाती समयमा भारी अंकले गिरावट आएको नेप्से केही समय पछि नै उकालो लाग्न थालेको थियो। र अन्तयमा बजार दोहोरो अंकले बढेर ऐतिहासिक विन्दुमा बन्द भयो।
यस दिन २ सय २० कम्पनीको २५ करोड एक लाख ६३ हजार ६ सय ६० कित्ता सेयर कारोबारो हुँदा ११ अर्ब ६९ करोड ५० लाख बढीको कारोबार भएको छ।
आज कर्णाली डेभलपमेण्ट बैंक र ग्रिन डेभलपमेण्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ३.७३ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ४१ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा ज्योति विकास बैंक लिमिटेडका सात लाख ५२ हजार ५९६ कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकासेयर सबैभन्दा बढी तीन हजार ३०३ पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
आज माइक्रोफाइनान्स र होटल तथा पर्यटनबाहेक सबै समूहमा हरियाली छाएको छ।







डिसी नेपाल







Facebook Comment