पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन
काठमाडाैं। भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ। ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए। उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए।
पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए। बस्नेतका श्रीमती र दुई छोरा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment