प्रभु बैंकको ऋणपत्रमा आवेदन खुला, साढे ८ प्रतिशत ब्याजदर

डिसी नेपाल
११ जेठ २०७८ १३:३५
104
Shares

काठमाडौं। प्रभु बैंकले आज (मंगलवार) देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ। कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो।

कम्पनीले २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गरिने जनाएको छ। सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५ सय कित्ता ऋणपत्र सामूकि लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५ सय कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ।

प्रति ऋणपत्र एक हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.