बुद्ध जयन्तीमा बौद्धनाथ स्तुपालाई सजाइयो (फोटोफिचर)

फुर्पा शेर्पा
१२ जेठ २०७८ २०:५८
160
Shares

काठमाडौं। वैशाख शुल्क पूर्णिमाका दिन बुधबार देशभर बुद्ध जयन्ती मनाइएको छ। शान्तिका दूत गौतम बुद्धको २५६५ औं जयन्ती नेपाललगायत विश्वभर मनाइएको छ। नेपालमा बौद्धमार्गीहरुलेमात्र नभएर हिन्दु धर्मावलम्बीहरुले पनि बुद्ध जयन्ती मनाएका छन्।

बुद्ध जयन्तीका अवसरमा बुधबार काठमाडौंस्थित स्वयम्भू बौद्धनाथ स्तुपालाई रंगरोगन गरिएको छ। ध्वजापतका र फुलले सजाइएको छ। तर कोरोना महामारीका कारण बुधबार बौद्धनाथ भने सुनसान थियो। देश हाल कोरोना महामारीको गम्भीर चपेटामा परेका कारण निषेधाज्ञा लगाइएको छ भने धार्मिक अनुष्ठानहरुमा पनि रोक लगाइएको छ। जसका कारण स्तुपा सुनसान भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *