पाथीभरा देवी (ताप्लेजुङ) बाट देखिएका लाेभ लाग्दा दृश्य
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो। पाथीभरा देवीको मन्दिर ३७९४ मिटर उचाईमा रहेको छ। पाथीभराबाट कञ्चनजंघा, कुम्भकर्ण (फक्ताङलुङ), काङबाचेन, मकालु, लोत्से, नोत्से, डोम हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ।

पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ। झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै करिब २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार, तल्लो फेदी, माथिल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ।

अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment