सुन एकै दिन तोलामा ७ सय बढ्यो
काठमाडौं। साताको पाँचौ दिन बिहीबार एकै दिन सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको छ। सुन बिहीबार ७ सय रुपैयाँ बढेको सुनको मूल्य प्रतिा तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्य तोलामा ९३ हजार पाँच सय रुपैयाँ कायम थियो।
बिहीबार चाँदीको मूल्य स्थिर छ। महासंघका अनुसार बिहीबार चाँदी तोलामा एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment