निर्धन उत्थानको संस्थापक सेयर लिलामी बिक्री खुला

डिसी नेपाल
१३ जेठ २०७८ १३:०२

काठमाडौं। निर्धन उत्थान लघुवित्तले बिहीबार (जेठ १३ गते) देखि १ लाख ५ हजार ५ सय ९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ। यसमा निर्धनका संस्थापक सेयर धनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ तोकेको छ। लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ।

निर्धनको संस्थापक सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ। न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.