सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

डिसी नेपाल
१३ जेठ २०७८ १९:०६
1.7k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचनको तयारी गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि कडाइकासाथ परिचालन हुन निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँगको भेटघाटमा सो निर्दैशन दिएका हुन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई वालुवाटार बोलाएर सो निर्दैशन दिएको सुरक्षा स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढेको र त्यसको नियन्त्रणमा पनि नेतृत्वले ध्यान दिनुपर्ने भन्दै सुरक्षाकर्मीहरुले भ्याक्सिन लगाउन बाँकी भए त्यसको पनि व्यवस्था गर्ने आश्वासन दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *