काठमाडौं उपत्यकामा २४ घण्टामा ६०८ सवारीसाधन कारबाहीमा
काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको आकस्मिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै सिसीटिभीमार्फत ३५ जना र रातोबत्ती (रेड लाइट) उल्लंघन गर्ने २३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ५८, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन पालना नगर्ने ८ र एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने २ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३६९ जना चालकलाई पनि कारबाही गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सुव्यवस्थित ट्राफिक व्यवस्थापनका लागि उपत्यकाका विभिन्न सडकखण्डमा जाँचलाई थप कडा पारिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment