सुनको मूल्य ४ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

डिसी नेपाल
१४ जेठ २०७८ ११:५५
72
Shares

काठमाडौं। साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यसअघि बिहीबार सुन तोलामा ७ सय रुपैयाँ बढेर ९४ हजार २ सय रुपैयाँमा कोरोबार भएको थियो।

यस्तै शुक्रबार तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम छ।

शुक्रबार चाँदीको मूल्य भने न बढेको छ न घटेको छ। आज चाँदीको मूल्य बिहीबार कायम भएको प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.