मनकारीद्वारा अक्सिजन सिलिण्डर दिने घोषणा
नुवाकोट। कोरोना महामारीका कारण अप्ठयारोमा परेकालाई सहयोग गर्न उत्साहित मनहरु पनि बढिरहेका छन्। यस्तै मध्यका सहयोगीहरु हुन्, ठाकुर लामिछाने, मधुसुदन पाण्डे, श्याम ढुड्गाना र दिनेश ढकाल।
यी युवा व्यावसायीले यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टमार्फत दुईमहिनामा दुइहजार नै अक्सिजन सिलिण्डर दिने घोषणा गरेका छन्। यी सिलिण्डरहरु कोरोना प्रभावित विरामीको उपचारमा प्रयोग गरिनेछ।
ट्रष्टका अध्यक्ष अर्जुननरसिं केसी, डा केदार नरसिंड केसी र महासचिव जगदिश्वरनरसिंह केसीमार्फत उल्लेखित अक्सिजन सिलिण्डर नुवाकोटका खरानीटार क्षेत्रीय अस्पताल, देउराली क्षेत्रीय अस्पताल, ककनी अस्पताल र कांग्रेस पार्टी कार्यालय नुवाकोटमा स्थापना गएिको आइसोलेशन सेन्टरमा वितरण गरिनेछ।
ट्रष्टका महासचिव जगदिश्वरनरसिंका अनुसार यसअघि पनि ट्रष्ट र नेपाली कांगे्रस नुवाकोटले त्रिशुली अस्पतालमा कोभिडबाट प्रभावित भएर भर्नारत विरामीलाई पोषिलो खानाको व्यवस्थापन गरिसकेको छ। आगामी दिनमा पनि ट्रष्टले यस्ता मानविय सेवाका काममा हात अघि बढाउने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment