बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
सांकेतिक तस्वीर
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो।
गायिका आनी छोइङ्ग डोल्मा र सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा र पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पिपिइ र ५/५ थान अक्सिमिटर बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीलाई प्रदान गरे।
यसअघि सो संस्थाले धुलिखेल र पाँचखाल नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिइ २०/२० थान, पल्स अक्सिमिटर पाँच/पाँच थान प्रदान गरिसकेको छ। महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले स्थानीय सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेको काममा सहयोग पुरयाउन समन्वय गरेको बताए। अहिले ति नगरपालिकाहरुले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका क्षेत्र नै शिल गरी वडाका विभिन्न क्षेत्रमा लक्षण देखिनेहरुको स्वाव परीक्षण गरी आवश्यक औषधि उपचार तथा अन्य व्यवस्थापनको काममा लागिरहेका छन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment