सरकारी स्वामित्वका २४ संस्थान नाफामा, १८ संस्थान घाटामा

डिसी नेपाल
१५ जेठ २०७८ १०:१६
128
Shares

काठमाडौं। आर्थिक वर्ष २०७६–७७ मा २४ संस्थानले नाफा आर्जन गरेका छन् भने १८ संस्थान घाटामा रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–७७ को सार्वजनिक संस्थानको कार्यसम्पादन स्थिति सम्बन्धी प्रतिवेदन अनुसार सरकारी संस्थानहरूको नाफा गत वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भइ एक खर्ब ९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

सरकारका २४ सार्वजनिक संस्थानले कूल ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन। मुलुकमा ४४ सार्वजनिक संस्थान छन। तीमध्ये २४ संस्थानले नाफा कमाएका हुन। आर्थिक वर्ष २०७५÷७६ को तुलनामा भने खुद नाफा १.२१ प्रतिशत घटेको छ। अहिले नाफा कमाउने संस्थानको संख्या र खुद नाफा पनि घटेको छ ।

संस्थानहरूको सञ्चित नोक्सानीमा आर्थिक वर्ष २०७५–७६ को तुलनामा ०.९३ प्रतिशतले कमी आएको छ। गत आर्थिक वर्षसम्म संस्थानहरूको सञ्चित नोक्सानी ३४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ रहेको छ। संस्थानहरूको सञ्चित नाफा भने २९.५३ प्रतिशतले वृद्धि भइ ७५ अर्ब ५१ करोड १९ लाख रुपैयाँ छ।

गत आर्थिक वर्षसम्म अस्तित्वमा रहेका संस्थामध्ये दुई संस्थानको कारोबार शून्य छ। जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ भने विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छ। नोक्सानीमा सञ्चालन भैरहेकामध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, बुटवल धागो काराखाना लि र नेपाल रेल्वे कम्पनी सञ्चालनमा आउन नसकेपनि प्रशासनिक खर्च भैरहेकाले नोक्साीमा रहेका छन् ।

गत आर्थिक वर्षमा नाफामा रहेका २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा रहेका १८ संस्थानको खुद नोक्सानी ९९.५ प्रतिशत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.