राष्ट्रपतिले जारी गरिन् तीनवटा आर्थिक अध्यादेश

डिसी नेपाल
१५ जेठ २०७८ १५:५८
116
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन्।

आज बसेको मन्त्रिपरिषदको बैठकले ती तीन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। यी अध्यादेश जारी भएसँग आज अर्थमन्त्रीले वजेट सार्वजनिक गर्न मार्ग प्रशस्त भएको छ।

अर्थमन्त्रीले केही बेरमा सिंहदरवार वर्ष आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.