अक्सिजन प्लान्ट स्थापना गर्ने निजी अस्पताललाई ५० प्रतिशत अनुदान, सम्पूर्ण कर छुट

डिसी नेपाल
१५ जेठ २०७८ १६:२७
216
Shares

काठमाडौं। सरकारले अस्पतालहरुले अक्सिजन प्लान्ट जडानका लागि ल्याउने उपकरणमा लाग्ने सबै कर छुट दिने निर्णय गरेको छ। शनिबार सार्वजनिक आगामी वर्षको बजेटमार्फत सरकारले यस्तो करहरु छुट दिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले निजी तथा सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट जडान गरे ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको जानकारी दिए। औषधि खरिदमा पनि करहरु छुट गरिएको छ। कोरोना शीर्षकमा ३५ अर्ब बजेट विनियोजन गरिएको छ। कोरोनाविरुद्धको लडाइँमा सेवानिवृत्त डाक्टर तथा नर्सलाई एक वर्ष करार सेवामा लिइने बजेटले व्यवस्था गरेको छ।

काठमाडौंमा ३ सय बेडको अस्पताल स्थापना गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.