खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

डिसी नेपाल
१५ जेठ २०७८ १६:४०
64
Shares

कठमाडौं। कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपैयाँ वजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोष्णा गरेका हुन्।

उनले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गरेका छन्। यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थ मन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए।
यसैगरी कोरोना सङ्क्रमित विरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने  उनले बताए।

त्यस्तै कोभिड विरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधान सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तता दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.