सामाजिक सुरक्षाभत्ता ३३ प्रतिशतले बढ्यो, बृध्द भत्ता ४ हजार
काठमाडौं। सरकारले आर्थिक बर्ष २०७८/७९ बजेट मार्फत सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशत बृध्दि गरेको छ। यो बृध्दिसँग अब जेष्ठ नागरिकलाई दिइने भत्ता चार हजार बनाएकाे ५। आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाइएको हो। अब वृद्ध भत्ता मासिक ४ हजार हुने भएको छ। यसका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारी तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।
नेकपा एमालेको तत्कालिन अल्पमतको सरकारले आर्थिक बर्ष २०५१/५२ देखि जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाा भत्ता दिन थालेको थियो त्यो बेला भत्ता रकम १०० रुपैयाँ थियो। सामाजिक सुरक्षा भत्ता पाउने अन्य बर्गमा एकल महिला, अपाङ्ग तथा असहायहरु पर्दछन्।







डिसी नेपाल







Facebook Comment