कोरोना केन्द्रित बजेट, स्वास्थ्य बजेट १ खर्ब २२ लाख

डिसी नेपाल
१५ जेठ २०७८ १६:५६
88
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ। कोरोना केन्द्रित बजेट भन्दै अर्थमन्त्री विष्णु पौडेल शनिबार बजेट सार्वजनिक गरेका थिए।

बजेटको शुरुमै कोरोनाबारे विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए। गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो।

बजेटमा कोरोनाविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड कोरोनाको उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तैऔषधि खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको छ भने काठमाडौंमा ३०० बेड र प्रदेशमा ५०–५० बेडको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड विनियोजन गरिएको छ।

स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि गरेर वार्षिक १२ हजार पुर्याइएको छ। स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्न ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.