कृषिमा पनि बढ्यो बजेट
काठमाडौं। सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि क्षेत्रमा बजेट बढेको जानकारी दिए। उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ।
चालु आर्थिक वर्षमा कृषि बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो। सरकारले रसायनिक मल उद्योगदेखि विभिन्न कृषि क्षेत्रमा बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment