उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

डिसी नेपाल
१६ जेठ २०७८ १८:२०
72
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए ।

“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ”– उपप्रधानमन्त्री पोखरेलले भनेका थिए । कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.