खोपका लागि सक्रिय राष्ट्रपतिः बेलायती महारानीलाई पत्र
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महामारी एलिजावेथ द्वितीयलाई पत्र लेखेकी छन्। लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले पत्र लेखेर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनका लागि सहयोग मागेकी छन्।
दूतावासका अनुसार आइतबार राष्ट्रपति भण्डारीले पत्र लेख्दै खोपका लागि सहयोग मागेकी हुन्। राष्ट्रपति भण्डारीले आइतबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र लेखेर खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्।
यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोन वार्ता गरेकी थिइन्। सो वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गरेको थियो। यस्तै राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविदलाई पनि पत्र लेखेर खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment