थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण, ६ हजार ४९१ जना निको

डिसी नेपाल
१७ जेठ २०७८ १७:४९
972
Shares

काठमाडौं । सोमबार नेपालमा ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १५ हजार ५५ पीसीआर र २४२५ एन्टीजेन परिक्षण गर्दा क्रमशः ४ हजार १७८ र ५८४ जना गरी ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ११४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ७ हजार ३८६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.