विश्व प्रसिद्ध अमेरिकी गायक सगरमाथाको चुचुरोमा

फुर्पा शेर्पा
१८ जेठ २०७८ ६:४२

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मगंलबार अमेरिकी प्रख्यात गायक माइक पोस्नरले पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान ४ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए।

अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको खुलासा गरेका थिए। नेपाल पुगेर आफू अत्यन्त खशी भएको पनि उनले उल्लेख गरेका छन्।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो। सन् २०१५ मा रिलिज भएको आइ टुक अ पिल इन इविजा शिर्षकको उनको गीत २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो। यही गीत अमेरिकाको विलवोर्ड हट १०० को टप ५ भित्र परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *