जंगली च्याउ खाँदा एउटै घरका २ जनाकाे मृत्यु

डिसी नेपाल
१९ जेठ २०७८ ६:२१
72
Shares

काठमाडौं । धुलिखेलमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका वडा नं. ८ स्थित पकुचामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु हुनुको साथै ४ जना विरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ४३ वर्षीया नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अझै काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ।

घर नजिकैको जंगलबाट उक्त च्याउ ल्याएर खाएका थिए। अनुसन्धान पश्चात कसरी विरामीभए भन्ने कुरा भन्न सकिने प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *