कर्णालीमा सरकामा काँग्रेस सहभागी, विसी र श्रेष्ठ मन्त्री नियुक्त
काठमाडौं। नेपाली काँग्रेस कर्णाली प्रदेश सहभागी भएको छ। विहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँग्रेसबाट दुईजनालाई मन्त्रीमा नियुक्त गरेका छन्। वैशाख १ मा मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदा काँग्रेसले पक्षमा मतदान गर्दै सरकार जोगाउन सहयो गरेको थियो। कााग्रेस त्यतिबेला नै सरकारमा सहभागी हुने चर्चा चलेको थियो। तर, करिब दुई महिनापछिमात्र काँग्रेस सरकारमा सहभागी भएको हो।
देशका ७ प्रदेश मध्ये काँग्रेस पहिलो पटक कुनै सरकारमा साझेदारी गर्न लागेको हो। मुख्यमन्त्री शाहीले विहीबार सुर्खेतका प्रदेशसभा सदस्य यज्ञ विसीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् भने जुम्लाका दिनबन्धु श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त गरेका छन्। विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन्। मन्त्रीहरूले शुक्रबार शपथ लिनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment