सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

डिसी नेपाल
२१ जेठ २०७८ १२:२२
144
Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ।

बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३ सय ४० रुपैयाँमा झरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.