निषेधाज्ञामा धमाधम सम्पदा निर्माणको काम (फोटोफिचर)
काठमाडौ। झण्डै डेढ महिनादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। अत्यावश्यक सेवाबाहेकका सेवाहरु बन्द छन्। २० गतेदेखि भने खाद्यान्न पसल विहान खोल्ने दिने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेका छन्। कोरोना महामारीको दोस्रो लहरले मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ।

अहिले अधिकांश स्थानमा विकास निर्माणका काम पनि रोकिएका छन्। तर काठमाडौं उपत्यकामा सम्पदा निर्माणको काम भने जारी छ। विशेष गरी हनुमानढोका दरबार क्वाएरभित्र सम्पदा निर्माणको काम भन जारी छ।

२०७२ सालको आम विनाशकारी भूकम्पबाट क्षतिग्रस्त अधिकांश सम्पदाको काम पूरा भइसकेको छ। धरहरा ठडिएको छ। रानीपोखरीको पुननिर्माणको काम पूरा भएको छ। अहिले काष्ठमण्डपलगायत सम्पदा पुननिर्माणको काम भने जारी छ।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment