चिनियाँ कम्युनिष्ट पार्टीले दिएको मास्क अस्पतालमा वितरण गरिने

डिसी नेपाल
२४ जेठ २०७८ २१:०१
36
Shares

मध्यपुरथिमि । नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन्। नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् ।

सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गराउँदै ती सामग्री नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालमा पुर्‍याइने जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त एन ९५ मास्क भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग अस्पताल र धुलिखेल अस्पताललाई पाँचपाँच हजार तथा चाँगुनारायण नगर अस्पताल, मध्यपुरथिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक नगर अस्पताललाई दुईदुई हजार थान वितरण गरिने वाग्मती प्रदेशसभा सदस्य सदस्य गोसाईँले जानकारी दिए ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *