खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न बागमती सरकारको माग
काठमाडौं। बागमती प्रदेश सरकारले बागमती प्रदेशमा क्रियाशील पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्रलेखेर पहिलो डोजकै खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपका लागि आग्रह गरेको हो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जेठ २४ गते काटेको पत्र प्राप्त भएकाले बागमती प्रदेशभित्र कार्यरत सञ्चारकर्मीलाई खोप लगाइदिने व्यवस्था मिलाइदिन मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। पुरुषोतम सेढाइले बताएका छन्।
‘अग्रपंतिमा रहेर काम गरिरहेका धेरै सञ्चारकर्मीहरूले कोभिड विरुद्धको खोप लगाउन छुटेको गुनासो आएकाले खोप लगाउने व्यवस्था मिलाइदिनु आग्रह गर्दछु’, उनले भनेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment