नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रिपरिषद विस्तार गरेका छन्। योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री ओलीले विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ।
नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शशपथ ग्रहण गराइन्।
प्रधानमन्त्री ओलीले विहीबार खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण नियुक्त गरेका थिए।
Facebook Comment