अग्रपंक्तिमा खटिएकाहरुको सम्मान र हौसलाका लागि सडक भित्तामा पेन्टिङ

फुर्पा शेर्पा
२९ जेठ २०७८ १३:३४
80
Shares

काठमाडौं। कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिएकाहरुको सम्मान र हौसला प्रदान गर्न केही युवाहरुले रत्नपार्कम चित्र कोर्न थालेका छन। महामारीमा खटिएका स्वास्थ्यक्रर्मी, सुरक्षाक्रमी, सरसफाइकर्मी, पत्रकारलगायतलाई सम्मान व्यक्त गर्न चार जना युवाहरुले आफ्नै खर्चमा चित्र कोर्न थालेका हुन।

उनीहरु पछिल्लो पाँच दिनदेखि काठमाडौंको रत्नपार्कका भित्तामा चित्र कोर्दै आएका छन्। महामारीको बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने चित्र कोर्दै आएका युवा दुजाङ शेर्पाले बताए।

उनले महामारीको बेला पनि आफ्नो ज्यान जोखिममा राखेर खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाक्रमी, सरसफाइकर्मी, पत्रकार लगाएतका मानिसहरुलाई यस कार्यले सम्मान, एकत्मकता र थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे।

‘विषेशगरी स्वास्थ्यक्रमीहरु दिन रात नभनी ठूलो रिस्क लिएर आम जनताको सुरक्षार्थ खटिरहनु भएको छ। उहाँहरूले हजारौं बिरामीको उपचार गरिरहनुभएको छ। तर, सम्मान जति हुनुपर्ने त्यो भएको छैन। सकरात्मक सोचौं र महामारीमा खटिएकाहरूलाई सम्मान व्यक्त गरौं भनेर भित्तामा चित्र कोर्न थालेका हौं,’ शेर्पाले भने।

चित्र कोर्ने युवाहरुमा दुजाङ शेर्पासहित साङ्गे लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ रहेका छन। उनीहरुले आफ्नै खर्च करिब ६० हजार रुपैयाँ लागत अनुमान गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *