कामनपाले आज र भाेलि पुनः काेराेनाकाे खाेप लगाउने

डिसी नेपाल
३१ जेठ २०७८ ६:३३
148
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने भएको छ। खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोली काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो।

खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः संचालनमा ल्याउन लागेको बताउँछन्।

उनका अनुसार महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ।

खोप लगाउन वीर अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पतालमा खोप लगाइनेछ। पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *