कांग्रेस सांसद वैद्य विरुद्ध जिप्रका मकवानपुरमा मुद्दा दर्ता
काठमाडौं । वागमती प्रदेशका सांसद नरोत्तम वैद्य विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। नेकपा एमाले सम्बध युवासंघका मकवानपुर जिल्ला सदस्य अनिल काफ्लेले प्रहरीमा उजुरी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए।
वैद्यले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) तथा सोही संहिताको दफा ३५ (१ र २) को कसुर गरेको जाहेरीमा उल्लेख छ। वैद्यलाई ज्यान मुद्दाको आधा सजाय गर्न माग गरिएको छ।
त्यसैगरी प्रधानमन्त्रीको हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ (ख) बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा ७७ (२) जन्मकैद सजायको आधा सजाय हुने काफ्लेले दिएको जाहेरीमा उल्लेख छ।
वैद्यको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। विरोधपछि सांसद वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment