एउटै सवारी पासमा दुई वटा मोटरसाइकल चलाउनेमाथि किर्ते मुद्दा
काठमाडौं। निषेधाज्ञाको समयमा एउटै पासबाट दुई वटा मोटरसाइकल चलाउने दुईजना किर्ते मुद्दामा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले आइतबार चेकजाँचका क्रममा खोटाङका दिनेश गुरुङ र अम्वर गुरुङलाई ललितपुरको एकान्त कुनाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दिनेश र अम्वरले एउटै सवारी पास प्रयोग गरी दुई फरक फरक मोटर साइकल चलाएको अवस्थामा प्रहरीले फेला पारेको हो। उनीहरुमाथि लिखत किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत ललिपुरबाट हिरासतमा राख्न अनुमतिसमेत लिएको महानगरीय प्रहरीले जनाएको छ। अदालतले उनीहरुलाई ४ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment