८८ प्रतिशत कोरोना सङ्क्रमणमुक्त, ४८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।
पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो ।
आज चार हजार १८६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ५०६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ । हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ ।
४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
देशभरका ४३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।
प्रदेश नं. १ मा झापा, मोरङ र सुनसरी , प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व) र तनहुँ, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु, रोल्पा र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार १५ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, पाँचथर र संखुवासभा तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, म्याग्दी, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा अर्घाखाँची र गुल्मी, कर्णाली प्रदेशमा सल्यान, जुम्ला र रुकुम (पश्चिम)मा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment