विपद् प्रतिकार्ययोजना पारित, उद्धार तथा व्यवस्थापनमा सबै मन्त्रालय परिचालित हुने

डिसी नेपाल
२ असार २०७८ १२:५०
64
Shares

काठमाडौं । सरकारले मनसुनबाट हुने विपद्का लागि सबै मन्त्रालय परिचालित गरेर उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने भएको छ। गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद् प्रतिकार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सहसचिव विश्व प्रकाश अर्यालले डिसी नेपाललाई जानकारी दिए।

डिसी नेपालसँगको कुराकानीमा प्रवक्ता अर्यालले भने, ‘विपद् न्यूनीकरणका लागि बनेको विपद् प्रतिकार्ययोजनालाई पारित गरिएको छ। यस्तै, मंगलबार सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाहरुमा बाढीले पु¥याएको क्षतिका बारेमा घनिभूत छलफल भयो। तत्काल प्रभावित जिल्लाहरुमा उद्धारका लागि सबैलाई संचालन गर्ने भन्ने निर्णय भएको छ।’

आज पारित गरिएको कार्ययोजनामा केही संशोधन गर्नु पर्ने र सबैले दिएको सुझावसहित पुनः सम्पादन गरेर प्रकाशनमा ल्याउने प्रवक्ता अर्यालले जानकारी दिए। सबै मिलेर करिव तीन महिना लगाएर बनाएको कार्ययोजनालाई आजको कार्यकारी समितिको बैठकले पारित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *