सिन्धुपाल्चोक बाढीः ३ चिनियाँ, ३ भारतीयसहित २० जना वेपत्ता भएको पुष्टि
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण २० जना वेपत्ता भएको पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै २० जना वेपत्ता भएको पुष्टि भएको जनाएको छ।
२० जना मध्ये ३ जना चिनियाँ र ३ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै बाढीमा परी एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तर, सिन्धुलीमा बुधबार शुनकोशीले बगाएका ३ वटा शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ। त्यसैले मेलम्ची, हेलम्बु बाढीमा ज्यान गुमाएको संख्या बढ्न सक्ने देखिएको छ।
बाढीले ९ वटा पुल बगाएको छ। ती मध्ये ५ वटा मोटरेबल पुल रहेको प्रशासन कार्यालयले जनाएको छ। यस्तै ७ वटा ट्राउट माछाका फार्म पनि बाढीले बगाएको छ।
बुधबार बाढीमा परेका ७४ जनाको उद्धार गरिएको छ भने ३ सयजना प्रभावित भएका छन्।



No ads found for this position


डिसी नेपाल
Facebook Comment