‘हामी नचाउँदैनौं मात्र, भोका पेटमा अन्न पनि भर्छाैं’

डिसी नेपाल
३ असार २०७८ १२:२०
940
Shares

काठमाडौँ। ठमेलस्थित चर्चित नाइट क्लब ‘एलओडी’ ले असार १ गतेदेखि भोकै रहेका मजदुरलाई निशुल्क खाना खुवाउन थालेको छ। भोकै नपरुन भन्नका लागि खाना खुवाउने अभियान सुचारु गर्न लागिएको एलओडीका निर्देशक रबिन श्रेष्ठले बताए।

उनका अनुसार हामीले असार १ गतेबाट ठमेलको आप्नै प्रांगनमा साझ पाँच बजे खाना वितरण अभियान सुरु गरेका हौं, यो एक हप्तासम्म जारी रहनेछ।’ दैनिक दुई सयको हाराहारीको भोका पेटलाई खाना खुवाउने काम गरिरहेको उनले जानकारी दिए। ‘हामी मानिसलाई नचाउँदैनौं मात्र, भोका पेटमा अन्न पनि भर्छाैं,’ श्रेष्टले भने।

व्यवसाय गरे पनि सामाजिक दायित्त्व भुल्न नहुने भएकाले खाना खुवाउने अभियान सुरु गरेको श्रेष्ठले बताए। कोरोना रोगसँग लड्नु त छँदै छ,’उनले भने, ‘यस अवस्थामा कोही भोकै बस्न नपरोस भनी हामीले यो अभियान सञ्चालन गरेको उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *