जसपा विवादः उपेन्द्र समूहद्वारा पार्टी वैधानिकता दावी

डिसी नेपाल
४ असार २०७८ १५:४६
136
Shares

काठमाडौं। जसपामा आन्तरिक विवाद चर्किरहेका बेला सो पार्टीका एक अध्यक्ष उपेन्द्र यादवले पार्टीमा वैधानिकता दावी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका छन्। अध्यक्ष उपेन्द्र यादव शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगेर पार्टीमा आफ्नो समूहको दावी गरेका हुन्।

विहीबार बसेको कार्यकारिणी समितिको निर्णयअनुसार यादव समूहले शुक्रबार निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्धी नियामवलीको दफा ४३ अनुसार आधिकारिकता दावी गरेको हो। यसअघि सो समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निष्कासन गर्दै राजनीतिक दल दर्ता किताबमा अध्यावघिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। र अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गर्दै विवरण अध्यावधिकका लागि निवेदन दिएका थिए।

तर, निर्वाचन आयोगले जेठ ३० मा दुबै समूहका दावीलाई खारेज गरिदिएको थियो। आयोगले राजनीतिक दल सम्बनधी नियामवली ५१ बमोजिम विवरण अध्यावधिक गर्न नमानेपछि उपेन्द्र समूहले दफा ४३ बमोजिम पार्टीमा आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको हो।

उता ठाकुर समूहले भने विहीबारको कार्यकारिणी समितिको बैठक बहिस्कार गर्दै सो बैठकले गर्ने निर्णय आफूहरुले नमान्ने बताइसकेको छ। तर ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र समूहको स्पष्ट बहुमत छ। उता ठाकुरले कार्यकारिणी समितिमा आफ्नो बहुमत पुर्याउन उपेन्द्र समूहका नेताहरुलाई हटाउँदै आफू निकट नेताहरुलाई कार्यकारिणी समितिमा मनोनित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.