गत २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

डिसी नेपाल
४ असार २०७८ १७:०३
448
Shares

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार २० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ४६८ परीक्षण गर्दा ८०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५९ हजार ६२४ जना आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.