गृहमन्त्री र गृहसचिबसहित ४ सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपतिको छलफल

डिसी नेपाल
४ असार २०७८ १८:१९
652
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई शीतल निवासमा बोलाएर प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको बारेमा जानकारी लिएकी छिन्। शुक्रबार अपरान्ह गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग प्राकृतिक विपत्ति, राहत उद्धारको विषयमा जानकारीसहित छलफल गरेकी हुन्। ‘राष्ट्रपतिज्यूले प्राकृतिक विपत्तिमा गृहमन्त्रालयको कामकारवाही र राहत उद्धारमा खटिने जनशक्तिहरुको बारेमा जानकारी लिन बोलाउनु भएको रहेछ’, भेटघाटमा सहभागी एक अधिकारीले भने।

प्रधानसेनापति नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पौने चार बजे राष्ट्रपति कार्यालय पुगेर फर्केका छन्। गृहमन्त्री खगराज अधिकारी, गृहसचिव प्रधानसेनापति पूर्णचन्द्र थापा, महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेका थिए।

देशभर आएको बाढी पहिरोले ठूलो संख्यामा जनधनको क्षति गरेको र सुरक्षाकर्मीहरुले उद्धारका लागि निभाएको भूमिको विषयमा छलफल गरेकी थिइन्। उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिरोले पारेको प्रभाव र गृहमन्त्रालयले गरेको समन्वयको बारेमा जानकारी लिँदै राहत र उद्धारमा सरकारका तर्फबाट कुनै पनि कमी हुन नदिन आग्रह गरेकी थिइन्।

उनले सबै गृहमन्त्रालय अन्र्तगर रहेका सुरक्षा अधिकारीहरुलाई चुस्तदुरुस्त खट्न र त्यसका लागि आवश्यक सेवा सुविधाको व्यवस्था गृहमन्त्री अधिकारीलाई आग्रह गरेकी थिइन्। ‘कोरोना संक्रमण र प्राकृतिक विपत्ति जस्तो संकट एकै साथ आइपरेकाले राहत र उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई सरकारले विशेष ध्यान दिनुपर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने आग्रह गर्नुभयो’, राष्ट्रपतिसँगको भेटका लागि पुगेका एक सुरक्षा प्रमुखले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.