लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

डिसी नेपाल
५ असार २०७८ १०:०९
56
Shares

काठमाडाैं । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ। अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको हो।

‘अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधिकरण’ विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत आज सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिएकाे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

अल्पविकसित देशलाई उसको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट वित्तीय अभाव परिपूर्ति हुनुपर्ने उनको अभिमत थियो।

अतिकम विकसित राष्ट्रको समूहबाट नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै उनले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *