गत २४ घण्टामा थप २४ सय जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

डिसी नेपाल
५ असार २०७८ १६:४७

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६८६ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५७ हजार ६१८ जना आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *